काठमाडौ। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल सरकारले फिर्ता वोलाएतापनि भारतवाटै राजिनामा नदिने भनेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन भारतमा बसेर विशेष भूमिका निर्वाह गरिएका भनिएका राजदूत उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसंग राजिनामाका बारेमा चर्काचर्की भएको स्वीकारेको भारतीय छापाहरुमा देखिएको छ।

KP Oli with Deep Kumar Upadhyayभारतीय छापाहरुले नेपालका प्रधानमन्त्री र भारतका लागि नेपाली राजदूतको वाकयुद्ध भनेर समेत छापिएको पाइएको छ। कतिपय भारतीय छापाहरुको हेडलाइन नै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राजदूत उपाध्याय देखिएका छन्।

भारतीय छापाहरुमा राजदूत उपाध्यायले आफूले सकभर राजिनामा नदिने उल्लेख गरेका छन्। आफूलाई नेपाल सरकारले लगाएका सवै आरोप गलत भएको भन्दै मन, बचन र कर्मले भ्याएसमम राष्ट्र, जनता र सरकारलाई सहयोग गर्ने बताए।

नेपाली कांग्रेसको कोटावाट सुशील कोइराला प्रधानमन्त्री भएको बेला भारतको लागि नेपाली राजदूत बनेका उपाध्याय नेपाली कांग्रेसका नेता पनि हुन्। नेपाली कांग्रेस सत्तामा भएको बेलामा दुईपल्ट मन्त्री समेत बनेका उपाध्यायको दादागिरी यसअर्थमा पनि उग्रभएको हुनुपर्ने जानिफकारहरुको भनाई रहेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २५ गते शनिवार ।