पोखरा । प्रभु यशुका अनुयायी बने कोरोनाभाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन्। जुम्ला घर भइ हाल पोखरा महानगरपालिकाको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

अनलाइन खबरका अनुसार, आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए। अहिले कोरोनाभाइरसको संन्त्रासमा आचार्यले प्रभु यशुको अनुयायीलाई कोरोनाभाइरसले नछुने प्रवचन दिएका थिए। आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन्।

आचार्यले क्रिश्चियन धर्म माने कोरोनाभाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले भनेका छन्। धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी कास्की प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।