रोचक प्रसंग-

काठमाडौं। प्रेममा हरेक कुरा जायज हुने गर्दछ। यतिसम्म कि त्यो प्रेममा एकले अर्काको रगत चुस्न र चुसाउन पछि नपर्ने आधुनिक आशिकी प्रेमका नमूनामा यतिखेर हलिउड अभिनेत्री मेगन फक्स र अभिनेता मेसिन गन केली देखिएका छन्। दुवै चाँडै विवाह वन्धनमा बांधिने क्रममा रहेका छन्। अभिनेत्री फक्सले आफ्नो हुनेवाला श्रीमान केलीको रगत पिएको खुलासा गरेपछि हलिउडमा हल्लीखल्ली नै मच्चिएको छ।

अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार, अभिनेत्री फक्सले एक अन्तरर्वार्तामा आफ्नो हुने वाला श्रीमान मेसिन गन केलीको रगत पिएको बताएकी हुन् । हलिउडको स्टार जोडी मेगन र केलीले गत जनवरीमा स्वयम्बर गरेका थिए। त्यसै क्रममा उनीहरूले आफ्नो खराब बानीका बारेमा पनि बताएका थिए ।

मेगनले सबैलाई चकित पार्ने खुलासा गर्दै भनेकी छन् – ‘मलाई लाग्छ यदि हामीले एक अर्काको रगत पिएको भन्दा यसले मानिसहरूलाई भ्रममा पार्छ, हामीले एक अर्काको रगत पिएका छौं । तर, एक दुई थोपा मात्र किनकी हामीले परम्पराका कारण एक –अर्काको रगत पिएका थियौं’।

मेगनले थप भनेकी छन् –‘ रितीरिवाजलाई म अत्यन्तै मान्ने गर्दछु । म ज्योतिषशास्त्रलाई पनि उतिकै मान्छु र म सबै आत्ध्यात्मिक अभ्यास र ध्यान पनि गर्ने गर्छु । यो एक मार्ग हो जुन कुनै कारणको लागि प्रयोग गरिन्छ । त्यसैले हामीले एक अर्काको एक– दुई थोपा रगत पिएका हौं’।

केलीले मेगनका लागि सिसाको टुक्राले आफ्नो छातिमा काटेर आफ्नो आत्मा लिन समेत भनेका थिए ।
प्रकाशन मिति–२०७९ साल बैशाख १६ गते शुक्रवार ।