काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा संपन्न फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसनमा एक से एक फेसन डिजाइनरहरु सम्मानित बनेका छन्। काठमाडौको त्रिपुरेश्वर स्थित होटल ब्लु–स्टारमा आयोजित भव्य फेसन–शोमा डिजाइनरहरु सम्मानित बनेका हुन्।

त्यसरी सम्मानित बन्ने फेसन डिजाइनरहरुमा रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्य रहेका छन्। उनीहरुलाई आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीका फाउण्डर तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुले सम्मानित गरेको हो।

त्यस फेसन–शोमा २० जना व्यावसायिक मोडलहरुका साथमा रेडियन्ट इभेन्टको आयोजनामा संपन्न लिट्टल प्रिन्स र प्रिन्सेसमा सर्वोत्कृष्ट ठहरिएका पाँचजना बालबालिकाहरुले पनि मनमोहक फेशन–शो गरेका थिए। ती उत्कृष्ट बालबालिकाहरु इन्टरनेशनल किड फेशन–शोमा भाग लिन चाँडै नै विदेश जाने भएका छन्।

फेशन–शोको शोज टपर बनेर उत्कृष्ट फेशन–शो गर्ने कार्य नायिका शुभेच्छा थापावाट भएको थियो। कोरियोग्राफी इन्टरनेशनल कोरियोग्राफर राज फैंजु र प्रोग्राम कोर्डिनेशन श्रीषा बैदार फैंजुले गरेका थिए।


प्रकाशन मिति–२०७५ साल असार ३१ गते आइतवार ।