काठमाडौं। कोरोना महामारीको नाममा लकडाउन मात्र गरेर राहत नदिइकन सरकार चुपचाप बसेको अवस्था रहेको छ। जसको कारण निम्न बर्गिय श्रमिकहरु देखि श्रमजीवि पत्रकारहरुसम्म मर्कामा परिसकेको छ।

यो विषम परिस्थितिमा सरकार मौन बसेतापनि निम्न बर्गिय श्रमिकहरु देखि श्रमजीवि पत्रकारहरुसम्मलाई नेपाल समाजवादी काङ्ग्रेसले राहत दिएको छ। उनीहरुको मर्कामा थोरैभएपनि मल्हम लगाउने कार्य भएको हो।

राहतको नाममा कसैको पनि फोटो नखिकन श्रमजीवि पत्रकारहरुको सम्मान सहित खाद्यन्न राहत सहयोग दिने कार्य पार्टी अध्यक्ष गोविन्द निरौलाले गरेका हुन्। त्यस्तै निम्न बर्गिय श्रमिकहरुलाई पनि राहत दिने कार्य निरौलावाट भएको छ।

सोमवार आयोजित राहत वितरण कार्यक्रममा पार्टीका उपाध्यक्ष महेशमान सिंह, सचिव मानबहादुर गुरूङ, सह सचिव पुष्पा राणा घले,कोषाध्यक्ष दुर्गा गौतम र सदस्य दुर्गा भुसालको समेत उपस्थिति रहेको थियोे। पत्रकारहरुको समन्वय युगान्तर खबर डटकमका संचालक ,सम्पादक वसन्त परियार र श्रमिकहरुको समन्वय सोनी शर्माले गरेका हुन्।

मोरङ निवासी गोविन्द निरौला नेपाली काङ्ग्रेसमा लामो समय भुगोल तथा सङ्गठनमा काम गरेका व्यक्ति हुन्। उनले पछिल्लो राजनितिक परिवर्तन पछि बैचारिक मत भिन्नताका आधारमा नेपाल समाजवादी काङ्ग्रेस गठन गरेर नेपाली राजनीतिमा अग्रता दिने कार्य भैरहेको छ।
प्रकाशन मिति–२०७८ साल जेठ १० गते सोमवार ।