Phohor ko Pahadma Pahiro

काठमाडौ । फोहोरको थुप्रो अनि त्यो थ्रुप्रोवाट बनेको पहाडमा पहिरो जाँदा सोही फोहोरको पहाडमा बसोबास गर्ने ४८ जनाको मृत्यु भएको छ। यो घटना इथियोपियामा घटेको छ।

इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा यस घटना हुन पुगेको हो। जसवाट कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।

फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो । फोहोरको पहाड नै बनेको स्थानमा अस्थायी घर बनाएर मजदुरहरु बस्दै आएका थिए ।

पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ । घटनामा अझै केही हराइरहेको हुनसक्ने आशंकामा खोजी जारी रहेको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पहिरो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाउँदैछ ।(एजेन्सी)
प्रकाशन मिति–२०७३ साल फागुन ३० गते सोमवार ।