काठमाडौं। हेर्दै पीडित माछाको काँड भनिने बल्छी ध्रुबेको आमाको रुपमा ज्यादै चर्चित काली आमा अर्थात काली बूढी भनेर चिनिएकी कालीको वास्तविक नाम शारदा गिरी हो।

चर्चित हाँस्य सिरियल मेरी बाँस्सै, हल्का रमाइलो लगायतमा माछा मार्दै ज्यान पाल्ने बल्छी ध्रुबे पात्रको आमा बनेर अभिनयमा ख्याति कमाएकी काली आमा यतिखेर यो लकडाउनमा अझ धेरै चर्चामा आएकी छन्।

काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नंबर ९ स्थित कलंकी स्युचाटार स्थित घर ठेगाना रहेकी काली आमा शारदा गिरीले आफ्नो घरमा डेरा गरी बस्ने सवैलाई लकडाउन अवधिको घरभाडा निःशुल्क गरिदिएर महानता दर्शाउने कार्य भएको छ।

काली आमा शारदा गिरीको आलिशान घरको ३० वटा कोठामा बस्ने ३० परिवारलाई लकडाउन अवधिका लागि घरभाडा मिनाहा गरिदिएको बताएकी छन्। त्यसको अलावा उनीहरुको लागि आवश्यक राहत सामाग्री नागार्जुन नगरपालिकासंग अनुरोध गरेर उपलव्ध गराउने कार्यमा पनि सहयोग गरेको काली आमा शारदा गिरीले भनेकी छन्।

ठूलो पर्दाको चलचित्र छक्का–पञ्जा, १२ मासे लगायतमा पनि काली आमा नामवाटै अभिनय गरिसकेकी काली आमा शारदा गिरी खाने उही दालभात र जाने आर्यघाट नै हो, मरेर लाने केही छैन्, बाँचुञ्जेल आफूले सक्दो सहयोग गर्ने हो भन्ने पवित्र धारणा राख्दैआएकी छन्।

कोरोनाको कहरमा जारी लकडाउनले सवैलाई मर्कामा पारेको कारण आफूले सक्दो सानो सहयोग मात्र गरेको प्रतिक्रिया दिने गरेकी छन्।
(कोटेश्वर प्रतिनिधि सुनकुमार अवालको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल बैशाख २९ गते सोमवार ।