काठमाडौं। नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सबैको सम्पति छानविन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

गाउँमा सामान्य घर भएका र हिजो अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ? यसको छानबिन गरौँ, डा.भट्टराईले भनेका छन्। डा.भट्टराईले बुधवार प्रतिनिधिसभाको बैठकमा उक्त माग गरेका हुन।

संघिय समाजबादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराईले संबिधान संशोधन कुनै ब्यक्तिका लागि नभएर प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतीय प्रणालीका लागि गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

प्रतिनिधिसभामा गोरखावाट निर्वाचित सांसद समेत रहेका डा.भट्टराईले यतिबेला संविधान संशोधनको चर्चा चलेको उल्लेखगर्दै कुनै ब्यक्तिलाई प्रधानमन्त्री बनाउन नभई शासकीय स्वरुप परिर्वतन गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।