काठमाडौं। पंचायती व्यवस्थाको त्यो कठोर समयमा बामपन्थी मसिहा नै मानिएका सर्वप्रिय नेता तथा मानव अधिकारकर्मी पदमरत्न तुलाधरको जीवनी र यथार्थ विषयमा किताव नै तयार भएको छ। जसको नाम सर्वरत्न राखिएको छ। पत्रकार जितेन्द्र रसिकव्दारा लिखित पदमरत्न तुलाधरको किताव सर्वरत्न बुधवार सार्वजनिक भएको छ।

Photo By-Buddha Sharan Shahi

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपालभाषा आन्दोलनका अगुवा मल्ल के सुन्दर, पूर्वसभामुख दमननाथ ढुंगाना, स्टेला तामाङ लगायतले सामूहिक रुपमा सर्वरत्नको विमोचन पश्चात सार्वजनिक भएको हो। ब्रदर्श बुक डिष्ट्रिव्युटर्सव्दारा प्रकाशित जितेन्द्र रसिक लिखित सर्वरत्न सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रचण्डदेखि मल्ल के सुन्दरसम्मले बामपन्थी मसिहा पदमरत्न तुलाधरको नेपाली राजनीति तथा सामाजिक क्षेत्रमा दिएको योगदानको बारेमा दिल खोलेर बयान गरेका थिए।

पदमरत्नको दिशावोध तथा निर्भिकता अनि निडरता र बुलन्द भाषण लगायत बास्तविकता सर्वरत्न कितावमा पत्रकार जितेन्द्र रसिकले पदमरत्नलाई सवैको रत्न वनाउने व्यापक प्रयास भएको छ। पदमरत्नको जीवनकालमा अत्यन्त निकट बनेर त्यो बेला नै किताव लेखिएको जानकारी लेखक रसिकले दिएका छन्। सर्वरत्नमा पदमरत्न नै पदमरत्न बोलेको छ। पदमरत्न नै छाएको छ। पदमरत्नको बारेमा जान्न चाहने सवैको लागि सर्वरत्न टेक्सबुक नै बनेको छ।


प्रकाशन मिति–२०७६ साल बैशाख २५ गते बुधवार ।