काठमाडौं। लिच्छवीकालिन मानदेवको दरबार रहेको भनिएको पुरातन नगर आलमपुर अर्थात कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटको चिनारीको रुपमा सवैको प्रिय बाल दाइ बनेका छन्।

बास्तविक नाम बालकृष्ण श्रेष्ठ भएतापनि माया तथा प्यारले बाल दाइ भनेर चिनिएका बाल दाइ एकताका नेपाली राजनीतिमा पनि उत्कर्षमा पुगेका सामाजिक प्रतिष्ठित व्यक्तित्व हुन्। सूर्य ध्वजावाहक नेकपा एमालेको  कागेश्वरी मनोहरा नगरपालिकाको नगर सदस्यसम्म बनिसकेका निष्ठाको राजनीति गरेर हाल सामाजिक कार्यमा नै दत्तचित्त बाल दाइ सामाजिक अगुवाको रुपमा चिनिएका छन्।

आलापोटका सामाजिक कार्यहरु देखि विकास, निर्माणका हरेक कार्यमा उत्तिकै सक्रियता देखाउदै आएका बाल दाइ सहकारी आन्दोलनका प्रणेता पनि हुन्। विभिन्न सहकारी संस्थाको उच्च पदस्थ स्थानमा समेत रहेका बाल दाइले सहकारीको माध्यमवाट धेरैको जीवन स्तर उकास्न सहयोग गर्ने कार्य गरिसकेका छन्।

त्यसको अलावा सफल कृषकका रुपमा पनि चिनिएका बाल दाइ फुर्सदमा खेती किसानी तथा उन्नत तरकारी खेतीमा पनि त्यतिकै तल्लिन हुने गरेका छन्। बहुमुखी प्रतिभाका धनी व्यक्तित्व बाल दाइ हाल राजनीतिलाई विश्राम दिएर सामाजिक कार्यहरुमा लाग्न र लगाउनमा रमाइरहेका छन्। यो नै यतिखेर आफ्नो जीवनको आयामिक गन्तव्य भन्न बाल दाइ चुक्दैनन्।

प्रकाशन मिति–२०७९ साल जेठ १४ गते शनिवार ।