मेलम्ची । नेपाली निकथाको धारमा बेग्लै धार तथा नविनता ल्याउन सफल यो बर्षको सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुजका स्रष्टा लेखक बिक्रम भक्त जोशी सम्मानित बनेका छन्। सिन्धुपाल्चोकको मेलम्ची बजारमा आयोजित विशेष समारोह वीच चोभार ब्लुजका स्रष्टा लेखक बिक्रम भक्त जोशी सम्मानित बनेका हुन्।

लायन्स क्लव अफ काठमाडौं फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालय तथा कोषाध्यक्ष सुशीला श्रेष्ठले संयुक्त रुपमा चोभार ब्लुजका स्रष्टा लेखक बिक्रम भक्त जोशीलाई खादा सहित विशेष सम्मान–पत्रव्दारा सम्मानित गरिएको हो। नेपाली नोवल साहित्यकार जोशीले चोभार ब्लुज जस्ता उत्कृष्ट साहित्य लेखनको माध्यमवाट सामाजिक क्षेत्रमा पुर्याउंदै आएको विशिष्ट योगदानको कदर स्वरुप उनको साहित्यिक कृति चोभार ब्लुज र बिक्रम भक्त जोशीलाई सम्मान प्रदान गरिएको जानकारी आयोजक लायन्स क्लव अफ काठमाडौं फेलोसिपका प्रेसिडेन्ट राजेश हिमालयले दिए ।

लायन्स क्लव अफ काठमाडौं फेलोसिपकी कोषाध्यक्ष सुशीला श्रेष्ठले जोशीको साहित्यिक कृति चोभार ब्लुज नेपाली साहित्यमा छोटो समयमा सर्वोत्कृष्ट स्थान पाउन सफल मनछुने निकथा संग्रह भएको आफूले पाएको उल्लेख गरेकी छन्। सम्मानित जोशीले लायन्स क्लव अफ काठमाडौं फेलोसिपको उक्त सम्मान आफ्नो साहित्यिक जीवनको अनुपम सम्मान भएको बताएका छन्।

चोभार ब्लुज निकथाकार साहित्यकार बिक्रम भक्त जोशीको पहिलो कृति हो। साहित्यकार जोशी पेशाले सिभिल इन्जिनियर हुन् भने उनी निवर्तमान बैंकर पनि हुन्। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी बालसाहित्यमा पनि दखल राख्दछन्। चोभार ब्लुजु एउटा निकथासङ्ग्रह हो। जसमा १९ निकथा समाविष्ट छन् । निकथा भन्नाले नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथा भन्ने बुझिन्छ।

यो कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो। यस कृतिले नारी स्रष्टा समाजद्वारा प्रदान गरिएको २०८० सालको वर्ष पुस्तक सम्मान यसै बर्ष विराटनगरमा आयोजित भव्य कार्यक्रममा प्राप्त गरिसकेको छ। त्यस्तै, प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा सम्मानित जोशीको कृति चोभार ब्लुज परेको छ। श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज परेको हो।