लण्डन । बेलायतका लागि नेपाली राजदूत एवम् बरिष्ठ साहित्यकार डा.दुर्गावहादुर सुवेदीलाई विशिष्ट सम्मान सहितको पुरस्कार प्रदान गरिने भएको छ। नेपाली साहित्य विकास परिषद यूकेले राजदूत डा.सुवेदीलाई विशिष्ट सम्मान प्रदान गरिन लागेको हो।

परिषदको ५ नोभम्बर २०२० विहिबारका दिन परिषदका अध्यक्ष कोमल मल्लको अध्यक्षतामा सम्पन्न ११औँ कार्यसमितिको भर्चुअल पूर्ण वैठकले बेलायतमा आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पुरागरी नेपाल फर्कने क्रममा रहेका परिषद्का पदेन संरक्षक समेत रहेका राजदूत वरिष्ठ साहित्यकार डा.सवेदीको गहन साहित्यिक तथा संस्थागत योगदानको उच्चतम कदर गर्दै २५ तोला चाँदीको विशिष्ट सम्मान रजतवर्ष अभिनन्दन सम्मान तथा पदक पुरस्कारबाट सम्मानित गर्ने निणय गरेको परिषदले जनाएको छ।

वरिष्ठ सहित्यकार राजदूत डा.सुवेदीले बेलायतमा आफ्नो चार वर्षको कार्यकालभित्र परिषदको पदेन संरक्षककारूपमा विशिष्ट योगदान पु-याउनुका साथै बेलायतमा रहेका सर्जकहरूका कविता, गीतगजल, मुक्तक, कथा, नाटक आदि विधाका भिन्नाभिन्नै सङ्ग्रह पुस्तकहरू प्रकाशन गरेर वृहद प्रोत्साहन र साहित्यको क्षेत्रमा अध्ययनीय इतिहास निर्माण गर्न सहयोग गरेकोमा उच्चतम मुल्याङ्कन गर्दै उक्त पुरस्कारवाट सम्मान प्रदान गरिएको परिषदले विज्ञप्तिमा जनाएको छ ।

त्यस्तैगरेर, बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै कोरोना प्रकोपको विषम परिस्थिका कारण परिषद्को आसन्न निर्बाचन गर्न सक्ने अवस्था नदेखिएकोले मौजुदा कार्यसमितिलाई आगामी दुई वर्षका लागि पछि साधारण सभाबाट पारित गर्ने गरी १२औँ कार्यसमितिमा रुपान्तण गर्ने निर्णय गरेको छ।

परिषदको विधानमा परिषद्को नियमित निर्बाचन कुनै विशेष परिस्थितिमा हुन नसक्ने अवस्था आएमा कार्यसमितिको पूर्ण बैठकले पछि साधारण सभाबाट अनुमोदन गर्ने गरी आवधिक वा पूर्ण कार्यकालमा रुपान्तरण गर्न सक्ने प्रावधान रहेको छ। उक्त बैठकले वरिष्ठ कलाकार गायक सुमेर ज्ञवालीलाई परिषदको सांस्कृतिक विभाग अन्तर्गत कार्यकारिणी सदस्यमा मनोनयन गरेको छ। सांस्कृतिक विभागमा वरिष्ठ सल्लाहकार मदन थापा, उपाध्यक्ष वसन्त रायक्षेत्री, कोषाध्यक्ष मनोज अञ्जान, कार्यकारिणी सदस्य डम्वरसिंह प्रयास र सुमेर ज्ञवाली रहेका छन्। परिषदमा विभिन्न १५ वटा विभागहरू रहेका छन् ।

यसैगरी बैठकले परिषद्को २५औ वार्षिकोत्सवमा सहभागी कवि तथा कलाकार र विशिष्ट अतिथिहरूमा सहभागिता सम्मानपत्रले सम्मानित गर्ने निर्णय पनि गरेको छ।
आगामी दुई वर्ष २०२० देखि २०२२ सम्मका लागि पुनर्गठित १२औँ कार्यसमितिको अध्यक्षमा कोमलप्रसाद श्रेष्ठ मल्ल,वरिष्ठ सह–अध्यक्षमा ध्रुव केसी, सह–अध्यक्षहरूमा डा.गोपाल पौडेल, गोकुल भण्डारी र रेशम अर्याल, उपाध्यक्षहरूमा वसन्त रायक्षेत्री, डा.सुधा श्रेष्ठ र वाचस्पति रेग्मी रहेका छन्भने महासचिवमा वीरेन्द्र कुँवर, कोषाध्यक्षमा मनोज अञ्जान, सह–महासचिवमा डा.संगीता श्रेष्ठ रहेकी छन्। यसैगरी कार्यकारिणी सदस्यहरूमा हरि केसी, डम्वरसिंह ‘प्रयास’ कल्पना आङ्गबुहाङ र सुमेर ज्ञवाली छन्।

परिषद्को ९ सदस्यीय सल्लाहकार समितिमा वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल, परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाह, पूर्वअध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा, घनबहादुर थापा, राजुविक्रम थापा, कृष्ण भट्ट, कमल भण्डारी र वालजंग अर्याल छन्। यसैगरी सञ्चार संयोजनमा पत्रकार नवीन पोखरेल रहेका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक २२ गते शनिवार ।