लण्डन। बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा नेपाली नयाँ वर्ष २०७५ को शुभागमनलाई साहित्यिक रमझम,पुरस्कार सम्मान् शुसोभन तथा शुभकामना आदान–प्रदान लगायतका विविध कार्यक्रम संपन्न गरेको छ।


लण्डनको वयम्ली स्थित तन्दुरी रेस्टुरेन्टको समारोह हलमा आयोजना गरिएको उक्त नव वर्ष उत्सव तथा २९औं साहित्य सन्ध्या समारोहमा पुरस्कार शुसोभन् गर्ने कार्य प्रमुख अतिथि परिषद्का पदेन संरक्षक वरिष्ठ साहित्यकार महामहिम नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीवाट भएको हो।

डा.सुवेदीले नेपाली नयाँ वर्षको शुभागमनमा साहित्यक स्वादन् र कविहरूलाई पुरस्कार सम्मान गर्न पाउदा आफूलाई खुसी लागेको बताउंदै वेलायतमा नेपाली साहित्य विकास परिषद्ले नेपाली भाषा साहित्य जस्ता नेपाली पहिचानहरूलाई जोगाउन अत्यन्त उदाहरणीय भूमिका निर्वाह गरिरहेको बताएका छन्।।

उनले कवि तथा समाजसेवी ध्रुब केसी र हरिविभोर कार्कीलाई परिषदको एन.एल.डी.सी.दोश्रा श्वर्णपदक पुरस्कार र नेपाली साहित्य पुरस्कारबाट घनबहादुर थापा मगर र हरिसिंह थापालाई सम्मान गर्न पाउँदाखुसी लागेको वताउँदै उहाँहरूको योगदानको चर्चा समेत गरे।

यसअघि प्रमुख अतिथि राजदूत डा.सुवेदीले कवि कोमल प्रसाद श्रेष्ठ मल्लको म देश लेख्छु कविता संग्रह कृति लोकार्पण गरेका थिए। कार्यक्रममा परिषद्का सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष बरिष्ठ समाजसेवी डा.राघब प्रसाद धिताल ओबिईले बेलायतमा नेपाली नयाँ वर्षका अवसरमा नेपाली साहित्यको संस्थागत विकास गर्नमा परिषद्को ऐतिहासिक महत्व रहेको चर्चा गरे।

अर्का अतिथि वक्ता यती नेपाली एशोशिएसन यूकेका अध्यक्ष शशिधर नेपालले विदेशी भूमिमा नेपाली भाषा साहित्यको उजागर गर्ने र साहित्यिक माहोलको थालनी गर्ने कार्यमा नेपाली साहित्य विकास परिषद्को भूमिका ऐतिहासिक रहेको र यस कार्यमा यती संस्था एकतावद्ध रहन पहल गर्ने कुरा चर्चा गर्दै पुरस्कार र सम्मानबाट सम्मानित व्यक्तित्वहरूमा यती संस्थाको तर्फबाट वधाई तथा जनसमाजमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

सभापतिको आसनबाट बोल्दै परिषद्का संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेश जंग शाहले नेपाली नयाँ वर्ष २०७५ आगमनसँगै बिभिन्न विधामा पदकले सम्मान गर्न पाउँदा आफूहरुलाई गर्व लागेकोछ र परिषदमा एउटा गरिमामय इतिहास थपिदैगएको कुरा उल्लेख गर्न पछि परेनन्।

अध्यक्ष शाहले नेपाली भाषा साहित्यको फाँटमा संस्था भित्रबाट र बाहिरबाट उल्लेखनीय योगदान पुराउने साहित्यकार वा साहित्य प्रेमी समाजसेवी व्यक्तित्वहरूको योगदानलाई उच्चतम् मुल्याङ्कन् गर्दै परिषद्ले हरेक साल हाम्रो पहिचान् र जन्मकुन्डलीसँग जोडिएको नेपाली नयाँ वर्षमा पुरस्कार र सम्मान गर्न थालेको पनि २३ वर्ष पुगेको र यो क्रम चलि नै रहने बताए।

उनले आगामी महिना सम्पन्न हुने परिषद्को एघारौ कार्य समितिको खुल्ला निर्वाचनमा भाग लिन उत्सुक सबैमा आह्वान गर्दै परिषद्को तर्फबाट शुभकामना व्यक्त गरेका थिए।
यसअघि पुरस्कार तथा सम्मान सुशोभन स्तुति वाचन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष बिरेन्द्र कुवरबाट भएको थियो।

समारोहमा नेपाली भाषा साहित्य अभिवृद्धीमा उल्लेखनिय योगदान तर्फ एन एल डि सि गोल्ड मेडल दोस्रो २०१६–१७ बाट सम्मानित व्यक्तित्वद्वय कवि हरिविभोर कार्की अल्डरसर्ट र कवि ध्रुब केसी वएम्ली र नेपाली साहित्य पुरस्कार २०१६ –१७ बाट पुरस्कृत कृतिकारहरू द्वय कवि तथा गीतकार घनबहादुर थापा मगर (मेरो चिनो मेरो देश कविता संग्रहमा) र कवि तथा कथाकार हरिसिँह थापा ( नम्रताको कार्डिगन कथा संग्रहमा) लाई प्रदान गरिएका पुरस्कार सम्मान पत्र परिषदका निवर्तमान अध्यक्ष तथा बिबिसि नेपाली सेवाका पुर्व प्रमुख कवि खगेन्द्र नेपाली र उपाध्यक्ष वीरेन्द्र कुँवरले वाचन गर्दै पुरस्कार मूल्याङ्कन वारे प्रकाश पारेका थिए।

समारोहको दोस्रो चरणमा कविता वाचन गर्ने कविहरूमा वरिष्ठ कवि,वसन्त रायक्षेत्री,,घन बहादुर थापामगर,वासु शर्मा, श्रीमती शर्मा,विस्वासदीप तिगेला,मनोज अन्जान, रेशम अर्याल, ध्रुब केसी,दुत पुन, खगेन्द्र नेपाली, डा.सुधा श्रेष्ठ, केशव पुडासैनी, कोमल प्रसाद श्रेष्ठ मल्ल,फडिन्द्र भट्टराई, माधव प्रसाद पौडेल, ज्ञानेन्द्र रावत, डम्बर सिँह आदि थिए। समारोहलाई सफल बनाउन विशेष योगदान पुराउनु हुने सर्बश्री डा.राघव प्रसाद धिताल, श्रीमती डा.जनक कुमारी धिताल, घनबहादुर थापामगर, कृष्णा थापामगर, खगेन्द्र नेपाली, ध्रुब केसी,डा.सुधा श्रेष्ठ,बाचस्पति रेग्मी,बसन्त रायक्षेत्री ,रेशमलाल अर्याल,ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल,वीरेन्द्र कुँवर,मनोज अन्जान,आदि पदाधिकारीहरू रहेका थिए भने सहयोगात्मक रात्रिभोज सुपथ व्यवस्थापन ओम तामाङ् वयम्ली रेस्टूरेन्ट परिवारबाट भएको थियो।

परिषद्का संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहको सभापतित्व रहेको उक्त कार्यक्रमको शुभारम्भमा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष कवि रेशम अर्याल,कार्यक्रम सन्चालन वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र महासचिव कवियत्री डा.सुधा श्रेष्ठवाट भएको थियो।


प्रकाशन मिति–२०७४ साल चैत्र २३ गते शुक्रबार ।