Nepali Criket Team in UKकाठमाडौ। नेपाल र बेलायत वीचको कूटनीतिक संवन्ध स्थापना भएको २ सय बर्षगांठ पुगेको अवसरमा क्रिकेटको उदगमस्थल मानिएको बेलायतको ऐतिहासिक लड्र्स मैदानमा भएको पहिलो खेलमा नेपालले जित हात पारेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार लर्ड्स मैदानमा घरेलु टोली मेरीलीबोन क्रिकेट क्लव एम.सी.सी.लाई ४१ रनले हराएको हो। नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको बेलायती टोली १ सय ७६ रनमै समेटिएपछि नेपाल ४१ रनले विजयी भएको हो। खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन जोड्यो।

Nepali Criket Team in UK 1

नेपालका लागि शरद भेषावकरले ५८ रन जोड्दा ज्ञानेन्द्र मल्लले ३९ तथा पारस खड्काले ३० रनको योगदान दिए। जवाफमा २ सय १८ रनको लक्ष्य पछ्याएको एम.सी.सी. ले ४२ दशमलव २ ओभरमा अलआउट हुनुपुर्व १ सय ७६ रन मात्रै बनाउन सक्यो। एम.सी.सी. का लागि सुरुवाती व्याट्सम्यान जर्ज एडरले शतक प्रहार गरेपनि अन्य ब्याट्सम्यानहरु जम्न नसक्दा टोली पराजित भएको हो।

हिजोको जीतसँगै नेपालले बेलायत भ्रमणका सबै ५ खेलमा जितको कीर्तिमान बनाएको छ । नेदरल्यान्ड्सविरुद्ध यसै महिनाको अन्त्यमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग अभ्यास खेल खेलेको हो। खेल हेर्न बेलायतमा रहेका नेपालीहरुको व्यापक सहभागिता रहेको थियो।
Sanam Kumar Bairag in UKManish UKप्रकाशन मिति–२०७३ साल साउन ५ गते बुधवार ।