Uk Holi 2लण्डन। नेपाल बाहिर प्रवास बेलायतमा पनि रंगहरुको महान पर्व होलीको रमझम भएको छ। आपसी सदभाव, माया–प्रेम तथा स्नेहका साथ बेलायतमा होली पर्व मनाइएको छ।

Uk Holi 3

होलीको अवसरमा लण्डनमा रहेका नेपाली कलाकार विनोद चिपालुको निवास लगायतका स्थानमा बेलायतमा रहेका नेपालीहरुले रमाइलो गरेर होली पर्व मनाएका छन्।

Uk Holi 6कलाकार चिपालुले दिएका जानकारी अनुसार होली पर्वमा समय दृश्य तथा जिगिषा नाटकका चर्चित निर्देशक तथा बरिष्ठ रंगकर्मी सनम कुमार बैरागको प्रमुख आतिथ्यतामा होली पर्व संपन्न भएको छ। साथमा बेलायतमा नै रहेका सुशील प्रजापति लगायतकाको उपस्थितिले कार्यक्रम रंगमय भएको छ।

Uk Holi 7यसरी आपसी सदभाव र प्रेमका साथ प्रवासमा होली पर्व मनाउन पाउंदा आफूहरुलाई अत्यन्त खुशी लागेको प्रतिक्रिया कलाकार चिपालुले दिएका छन्।

Uk Holi 1प्रकाशन मिति–२०७३ साल फागुन २९ गते आइतवार ।