लण्डन। बेलायतमा सेवा निवृत भएका भूपू सैनिकहरुको लागि रोजगारीको अवसर मिलेको छ। बेलायतस्थित फोर्सेस इम्प्लोयमेन्ट च्यारिटी आरएफईएले भूपू सैनिकहरुलाई सेवानिवृत भएपछि रोजगारीको व्यवस्था गर्ने कार्य गरेयता भूपू सैनिकहरुले रोजगारी पाउंदैआएको हो।

आरएफईएले रोजगारीको लागि आवश्यक पर्ने व्यक्तिगत विवरण सहितको बांयोडाटा वनाउनेदेखि अन्तरवार्ता दिनेक्रममा आवश्यक पर्ने सीप तथा टेक्निक, नेटवर्किङ लगायतका विषयहरुमा पनि तालिम प्रदान गर्ने गरेको छ। आरएफईएमा हाल १३ जना क्षेत्रिय रोजगारी सल्लाहकार आवद्ध रहेका छन्। उनीहरुले ब्रिटिश भूपू सैनिकहरुलाई रोजगारी प्राप्त गर्नका लागि गर्नुपर्ने हरेक विषयमा सल्लाह तथा सुझाव दिने गर्दछन्।

सन् २०१२ देखि गोर्खा इम्प्लोयमेन्टमा एडभाइजरको रुपमा कार्य गर्दै आएका नेपाली राम गलामीको आरएफईएमा अगुवाई रहेको छ। गलामीका अनुसार, विगत ८ बर्षदेखि ब्रिटिश सेनावाट निवृत भएका भूपू सैनिकहरुलाई उचित फिल्डमा रोजगारी दिने कार्य हुंदैआएको छ। थप जानकारीको लागि संपर्क राख्न सक्नु हुन्छ– www.rfea.org.uk


प्रकाशन मिति–२०७७ साल मंसीर ३० गते मंगलवार ।