लण्डन। बेलायतमा आप्रवासीहरुको संख्यामा १५ बर्षयता सवैभन्दा उच्च विन्दुमा पुगेको छ। बिहीबार बेलायतको अफिस फर न्यासनल स्टाटिसटिक्सले युरोपेली संघभन्दा बाहिरबाट बेलायत आउने आप्रवासीहरुको संख्या गएको १५ वर्षयता सबैभन्दा उच्च बिन्दुमा पुगेको तथ्यांक सार्वजनिक गरेको छ।

उक्त कार्यालयले सेप्टेम्बर २०१७ तथा सेप्टेम्बर २०१८ बीचमा झण्डै ६ लाख २५ हजार मानिसहरु बसाइँ सरेर बेलायत आएको सार्वजनिक गरेको हो।

बेलायतको गृह मन्त्रालय (होम अफिस) को तथ्यांक अनुसार सन् २०१७ सम्ममा ३३ हजार ७ सय ४० नेपालीले बेलायती नागरिकता लिएको पाइएको छ। यस हिसावले बेलायतमा ३३ हजार ७ सय ४० नेपालीहरु बेलायती नागरिक बनिसकेका छन्।

युरोपेली संघबाट बेलायत आउने आप्रवासीहरुको संख्या भने गएको दश वर्षदेखि लगातार घटिरहेको पनि अफिस फर नेशनल स्टाटिसटिक्सले बिहीबार बताएको छ । यसैबीच, बेलायतको गृह मन्त्रालयले गत वर्ष युरोपेली संघका ४८ हजार नागरिकले बेलायतको नागरिकता पाउन आवेदन दिएको जनाएको छ। त्यो यसअघिको भन्दा २३ प्रतिशतले बढी हो ।

प्रकाशन मिति–२०७५ साल फागुन १७ गते शुक्रवार ।