काठमाडौं। ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

अनौपचारिक रुपमा यसअघि नै उम्मेदवारी घोषणा गरेका ढकालले बुधवार आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन।

उनले आफ्नो उम्मेदवारी देशमा औद्योगीक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि सरकारसँग लविङ गर्ने बताएका छन्।

उनले भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायिक र गतिशिल समुह बन्ने दाबी समेत गरेका छन् ।
प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।