काठमाडौं। कला र कौशलको अनुपम शहर भक्तपुरको परम्परागत विस्केट जात्रालाई कोरोनाको कहरले छेकेन । सांस्कृतिक परम्परा तथा उत्साहमा भक्तपुरवासी शनिवारवाट विस्केट जात्रामा रमेको हो।

भक्तपुर जिल्ला प्रशासनले गत बर्ष जस्तै यो बर्ष पनि पूजापाठमा सिमित गरेर रोक लगाउने निर्णय गरेको थियो । पछि सर्वोच्च अदालतमा यस विरुद्ध रिट परेपछि सर्वोच्चले परम्परागत जात्रालाई रोक्न नमिल्ने निर्णय जारी भएपछि विस्केट जात्राले निरन्तरता पाएको हो।

शनिवार विस्केट जात्राको पहिलो दिन कोरोनाका सारा त्रासलाई भुलेर मनमगन बनेर भक्तपुरवासी विस्केट जात्रामा रमाएको देखियो। शनिबार जात्राको पहिलो दिन भैरवनाथको रथ तान्दा स्थानीयबासीको उल्लेख्य उपस्थित थियो। जात्रा गर्न पाउँदा खुसी देखिएका उनीहरुमा कोरोनाको त्रास कमै देखिन्थ्यो। हजारौंको भीडमा न भौतिक दूरी कायम गर्न सम्भव थियो, न सबैले मास्क नै लगाएका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र २८ गते शनिवार ।