काठमाडौँ । भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको छ। राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याव्सन काठमाडौको सयुंक्त आयोजनामा मंगलवार भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको हो।

काठमाडौँ उपत्यकाका ७० वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा प्रथम विजेता भ्याली भ्यु स्कुल काठमाडौकी समृद्धि पोखरेल वनेकी छन्। उनले ८ हजार रुपैया नगद पुरस्कार जितेकी छन्।

त्यस्तै, द्धितीय हुने पूर्णचण्डी स्कुल ललितपुरकी सानिया लामालाई ६ हजार रुपैंंया, तृतीय हुने पिस प्वाइन्ट एकेडेमी लालितपुरका सुभम कार्कीलाई ४ हजार रुपैंया र ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सान्त्वनातर्फ ग्रीनफिल्ड नेशनल स्कुल काठमाडौकी सुस्मिचा सापकोटा, सेन्ट जेभिएर स्कुल ललितपुरका इभान पोख्रेल, पिक प्वाइन्ट स्कुल काठमाडौका सारिका लिम्बु र कामना आवासीय मावि काठमाडौका अर्पण सिग्देलले पनि नगद १ हजार रुपैंयाँ र ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक नेशनल प्याव्सन काठमाडौका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले वताएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री चन्दा चौधरीको प्रमुख आतिथ्यता तथा राज्यमन्त्री रेणुका गुरुङको विशेष आतिथ्यता रहेको कविता वाचन कार्यक्रममा समाजकल्याण परिषदका सदस्य सचिव पुष्कर खाती, नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष रितुराज सापकोटा, जेष्ठ नागरिक तथा पत्रकार भैरव रिसाल, जेष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्की, सदस्य सचिव धनु राई, नेशनल प्याव्सन काठमाडौका अध्यक्ष खड्क बहादुर बस्नेत, नेशनल प्याव्सनकी ललितपुरका अध्यक्ष तारा सापकोटा लगायतको उपस्थिति रहेको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवि डा.देवी नेपाल, साहित्यकार एवं कवि अनिल पौडयाल, युवा कवि भोजराज न्यौपाने निर्णायक रहेका थिए।

जेष्ठ नागरिकको दुर्व्यवहार विरुद्धको जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालय तहबाट नै जेष्ठ नागरिकप्रति गर्नुपर्ने उच्च सम्मान र आचरणको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । जेष्ठ नागरिक भनेका बोझ हैनन्, हाम्रा सम्पति हुन् भन्ने सन्देश फैलाउनुपर्ने सहभागीहरुले स्पष्ट पारेका थिए।

विद्यार्थी,अभिभावक तथा अन्य साहित्यकारहरु गरी करिव ६ सय जनाको सहभागितामा भएको उक्त कार्यक्रमका सभापतित्व बसन्तराज कार्कीले गरेका थिए। कार्यक्रम सञ्चालन नेशनल प्याव्सन काठमाडौका सचिव अमृत खड्काले गरेका थिए ।

प्रकाशन मिति–२०७८ साल असार २ गते बुधवार ।