काठमाडौं। कोरोना महामारी नियन्त्रणको सांकेतिक प्रस्तुतिका रुपमा दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मूर्तिको मुखैमा मास्क लगाउने कार्य भएको छ। जापानको  प्रसिद्ध दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखैमा मास्क लगाउने कार्य भएको हो।

जापानी समाचार माध्यमहरुका अनुसार, जापानमा कोरोना महामारी नियन्त्रणमा नआउञ्जेल मूर्तिको मुखैमा लगाइएको मास्क नफुकालिने भएको छ। दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखमा ४.१ बाई ५.३ मिटर लामो ३५ किलो तौलको मास्क लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको जापानी समाचार माध्यमहरुले उल्लेख गरेको छ।

मध्य जापानमा रहेको ५७ मिटर (१८७ फिट) अग्लो प्रसिद्ध विशाल बुद्ध देवीको मुखमा मास्क लगाउन ड्रोनको प्रयोग गर्नुपरेको जनाएको छ। ३३ वर्ष पहिले बनेको यस मूर्तिमा रहेकी देवीले एक बच्चालाई लिएर उभिएकी छिन् । यस देवीको मूर्ति परिसरमा बच्चा सुरक्षित जन्मिउन् भन्ने र आफ्नो नवजात शिशुका लागि आशिर्वाद माग्नेहरुको भीड लाग्ने गर्दछ।

प्रकाशन मिति–२०७८ साल असार ४ गते शुक्रवार ।