काठमाडौं। तिहारको भाइटीकाको एक दिन मात्र खुल्ने काठमाडौंको जमल स्थित रानीपोखरी आज भाइटीकाको दिन खुल्ला भएको छ। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले ध्वंस्त बनेको रानीपोखरीको अझै पूर्नरनिर्माण हुन नसक्दा यो बर्षको भाइटीकामा रानीपोखरीको अघिल्ला तीनबर्षमा जस्तै यो बर्ष पनि खासै आकर्षण भएन।

महाभूकम्प अगाडिका बर्षहरुमा जसरी रानीपोखरी को बालगोपाल मन्दिर गएर दर्शन गर्ने तथा त्यहाँ दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले भाइटीका गनै भीड त्यति देखिएन। रानीपोखरी खोलिएको रहेछ–महाभूकम्पले कतिको जिर्ण बनाएको रहेछ भनेर भित्र गएर हेर्नेहरुको जमात बढी देखियो।

मन्दिरको दर्शन गर्ने र भाइटीका लाउनेहरुको संख्या निक्कै न्यून देखियो। मल्लकालका राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले बिस. १७२७ मा रानीपोखरी निर्माण गरेको इतिहासविदहरुले भनेका छन्। रानीपोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ। अहिले रानीपोखरी पानी सुकेको खेत जस्तो उजाड देखिन्छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक २३ गते शुक्रबार ।