काठमाडौं। भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाहरुको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउने कार्य भएको छ। भारतको नयाँ दिल्लीमा बेचिन लागेका ती नेपाली महिलाहरुलाई माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेको पहलमा उद्धार गरिएको हो।

भारतको नयाँ दिल्लीस्थित जीबी रोडबाट ३ जना र गाजियाबादका विभिन्न तीन स्थानमा बन्दी बनाई राखिएको अवस्थामा ३७ जना महिलाको उद्धार गरिएको जनाएको छ। अदालतको कानूनी प्रक्रिया पूरा गरी भारतको गाजियावादस्थित मुुख्य न्यायिक मेजिस्ट्रेटले पीडित महिलाहरुलाई परिवार र कानूनी सहयोगका लागि माइती इण्डियालाई जिम्मा दिएको छ।

गाजियावादका मुख्य न्यायाधीशको आदेशमा ३ जना दलाललाई कानूनी कारवाहीका लागि जेल चलान गरिएको छ । नेपाल र दुबईमा रहेका दलालको पनि खोजी जारी रहेको छ।


प्रकाशन मिति–२०७५ साल कात्तिक १९ गते सोमवार ।