चितवन। भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गएको छ। १ सय ५० भन्दा बढी घाइते बनेका छन्।

बीबीसी हिन्दी संस्करणका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो।

मेला हेर्न पुगेका स्थानीय रेलको लिकमा उभिएका बेला जालंधरबाट प्रतिघण्टा १ सय किलोमिटर रफ्तारमा आएको रेलले किच्दा मर्नेको संख्या ६२ पुगेको अमृतसरका पुलिस कमिश्नर सुधांशु शेखर श्रीवास्तवले बताएका छन्।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धि, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंहले दुःख व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक ३ गते शनिवार ।