काठमाडौं। पश्चिम नेपालको बाँके जिल्लाको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ।

नेपालगञ्जस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाइएपछि दूध उत्पादक कृषक खुशी भएका छन्। केन्द्रीय नीतिअनुसार भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो।

यसअघि भन्सारको मूलद्वारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो। भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको थियो। अवैध रुपमा भित्रिने दूधमा रोक लगाएपछि भने अव नेपाली कृषकलाई धेरै नै राहत मिल्न पुगेको छ।
प्रकाशन मिति–२०७५ साल माघ ४ गते शुक्रवार ।