काठमाडौ। भारतीय योग गुरु रामदेवले आयुर्वेदिक औषधी तथा खाद्य पदार्थहरुको उत्पादनमा बजार कब्जा गरेयता अब संचार क्षेत्रमा पनि हात हालेका छन्। रामदेव टेलिकम क्षेत्रमा पनि प्रवेश गरेका छन्।

पतञ्जली आयुर्वेदले भारत सञ्चार निगम लिमिटेडसँग सहकार्य गर्दै स्वदेशी समृद्धि सिम कार्ड भारतीय बजारमा ल्याएका छन्। पहिलो पतंजलि स्वदेश समृद्धि सिम कार्ड र दोस्रो स्वदेशी समृद्धि कार्ड हो । पतंजलि स्वदेश समृद्धि एक सिम कार्ड हो। जसको प्रयोग मोबाइल फोनमा नै हुन्छ।

यस सिम कार्डमा बिएसएनएलसँगको सहकार्यमा बजारमा ल्याइएको छ । यो सिमको कमाइ सामाजिक कार्यमा हुने पतञ्जलिको दाबी छ । पतञ्जली स्वदेशी समृद्धि
कार्डको प्रयोग किनमेलका लागि हुनेछ ।

यसको सदस्य शुल्क भारतीय रुपैयाँ एक सयमा बन्न सकिने छ। यो कार्डमार्फत पतञ्जलीका सामानहरुको खरिदमा १० प्रतिशतसम्म छुट हुने बताईएको छ।

(समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७५ साल जेठ २२ गते मंगलवार ।