काठमाडौ। आपतका देवता उपनामले चर्चित नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम भएको छ।

आइतवार गोकर्णेश्वर नगरपालिका वडा नंबर ५ जोरपाटी स्थित ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम भएको हो। ग्रीनभ्याली समाजको आयोजनमा रक्तदान कार्यक्रम भएको हो।

कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यलाई आयोजक संस्थाका अध्यक्ष रामवहादुर कार्कीले रुद्राक्षको माला पहिराई दिएर पशुपतिनाथको मन्दिर मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको पनि विशेष आतिथ्यता रहेको थियो। बृहत रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ।


प्रकाशन मिति–२०७५ साल जेठ २० गते आइतवार ।