काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन्।

भारतको मेदान्त अस्पतालमा उपचार गरेर शनिवार फर्किएका राष्ट्रकवि घिमिरे अस्वस्थ भएपछि आइतवार काठमाडौको टोखा स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

आईसीयुमा उपचाररत घिमिरेमा निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

मुटु, मिर्गौला र फोक्सोमा समस्याका साथै आन्तरिक रक्तश्राव भएपछि थप उपचारका लागि घिमिरेलाई जेठ ९ मा भारत लगिएको थियो।

भारतको मेदान्त अस्पतालमा उपचारपछि घिमिरेलाई शनिबार नेपाल ल्याइएको थियो।
प्रकाशन मिति–२०७५ साल जेठ २० गते आइतवार ।