himani-shah

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको अगुवाईमा स्थापित हिमानी ट्रष्टले भूकम्पवाट क्षतिग्रस्त गोरखाको एक विद्यालय निर्माण गर्ने भएको छ।

जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा निर्माण हुन लागेको गोरखा पालुङ्गटारस्थित भवानी माध्यमिक विद्यालयको भवन निर्माण गर्न लागेको हिमानी ट्रष्टले जनाएको छ।

शुक्रबार आयोजित कार्यक्रममा गोरखा पुगेर पूर्वयुवराज्ञी हिमानी शाहले उक्त विद्यालय भवनको शिलान्यास गरेकी छन्। शिलान्यास कार्यक्रममा जापानका लागि नेपाली राजदूत मासासी ओगावाको विशेष आतिथ्यता रहेको थियो।
प्रकाशन मिति–२०७३ साल मंसीर २५ गते शनिवार ।