काठमाण्डौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवार र बुधवार दुई दिनसम्म बाँडिने निर्वाचन आयोगले जनाएको छ।

दोश्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट दुई दिन मतदाताहरुले परिचय पत्र लिन सक्नेछन् । स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र लिइसकेका मतदाताले भने त्यही परिचय पत्र प्रयोग गर्न सक्ने जनाइएको छ।

मतदाता परिचयपत्र बाँड्न निर्वाचन आयोगले आवश्यक जनशक्ति तथा सबै सामाग्रीको तयारी गरिसकेको जनाएको छ । दोश्रो चरण अन्तर्गत ७ वटा प्रदेशका ४५ वटा जिल्लामा बिहीवार हुने मतदानमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० जना मतदाता रहेका छन् ।
प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।