काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको आदिवासी नेवार समुदायको गुठी संचालनका लागि वितेको चार बर्षदेखि उपलव्ध गराउंदैआएको बजेट यो बर्ष दिनका लागि आनाकानी भएको छ। काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले नेवार समुदायका गुठी संचालनमा उपलव्ध गराउदैआएको बजेट उपलव्ध गराउन आनाकानी हुन थालेको हो।

यस विषयमा खड्गी सेवा समितिका संस्थापक अध्यक्ष तथा सामाजिक अगुवा मनोज नेवाः खड्गीले काठमाडौं महानगरपालिकाका कर्मचारीहरुको त्यसको व्यापक खुलासा गर्दै त्यस कार्यको विरोध गर्दै आक्रोस पोखेका छन्। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतले भोज गर्नका लागि गुठी बजेट राखिएको भनेर धज्जी उडाएकोमा आम नेवार समुदायको स्वाभिमानमा गंभीर चोट पुर्याएकोमा मनोज नेवाः खड्गीले त्यसको भत्सना गरेका छन्।

नेवार समुदायको गुठी परम्परा भनेको भोज खानका लागि बनाएको मात्र भन्ने प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुको भावना र विचार नै गलत भएको खड्गीको आरोप रहेको छ। काठमाडौं महानगरलाई बनाउनका लागि नेवार समुदायको ठूलो योगदान रहेको कुरालाई बेवास्ता गरेर नेवार समुदायको भावना बुझ्न नसकेको आरोप पनि खड्गीको रहेको छ।

यो आर्थिक बर्ष २०७९–०८० सालको बजेटमा नेवार समुदायको गुठीका लागि आवश्यक बजेट पनि कटौती गर्न लागेको कुरा आफूलाई सुन्नमा आएको कारण यदि त्यो सही हो भने, त्यस विरुद्ध नेवार समुदायले महानगरपालिकाको विरुद्ध जुनुसुकै विरोधका कार्यक्रम ल्याउने पनि बताएका छन्।

प्रकाशन मिति–२०७९ साल साउन २ गते सोमवार ।