काठमाडौ। नेपाल र नेपाली समाज आधुनिकतासंग यौनको मामिलामा उदार बन्ने क्रममा रहेको छ। विशेष गरेर यौनको मामिलामा आम नागरिक भन्दा बढी उच्च तहका नेता देखि आफूलाई कुनै सरकारी अफिसका हाकिम भनाउंदा तथा सरकारी काम मिलाइदिने नाममा यौनको अफर गर्ने जस्ता अधर्मी तथा पापीहरु देखिन थालेको पाइएको छ।

त्यस्ता अधर्मीहरुको कारण नेपाली महिलाहरु यौनको शिकार दिनानुदिन भैरहेको पाइएको छ। त्यस्ता अधर्मी ठूला नेता तथा कर्मचारीको भण्डाफोर गर्न पिडित महिलाहरु लोकाचारको कारण पछि परिरहेको पाइन्छ। आफूलाई परेको त्यस्तो यौनजन्य ह्यारेसमेन्टको खुलेर कुरा गरेर ती अधर्मीहरुको भण्डाफोर गरेर उनीहरुलाई समाजमा नंग्याउनु आवश्यक छ।

यस्ता अधर्मीहरुले अचेल विभिन्न देशका महिला यौनकर्मीलाई नेपालमा झिकाउने गरेको पाइएको छ। विकसित देशका महँगा यौनकर्मी मगाएर त्यस्ता अधर्मीहरुलाई काम मिलाइदिएवापत उपलव्ध गराइदिने कार्य कतिपय उच्च घरानियाहरुले नै गर्दैआएको देखिन्छ। त्यसमाथि त्यस्ता यौनकर्मीसंग यौन प्यास मेटाउने उच्च तहका नेपाली नागरिक पनि बढ्दै गएको स्रोतको दाबी छ।

महँगो शुल्क तिरेर नेपालका पाँच तारे होटलमा विदेशी महिलासँग रात विताउनेमा धनाढ्य व्यापारीदेखि नेतासम्म रहेको त्यस स्रोतको दाबी छ । त्यस्ता विदेशी यौनकर्मी महिलासँग रात विताउने गरेका एक उच्च तहका व्यक्तिले नै पछिल्लो समय नेपालमा विदेशी महिला झिकाउने चलन बढ्दै गएको बताएपछि खुल्न आएको हो।

नेपालमा यसरी महिला यौनकर्मी उपलब्ध गराउने अन्तराष्ट्रियस्तरको ठूलो गिरोहले सहयोगी भूमिका खेल्ने गरेको पनि खुल्न आएको  छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ८ गते शनिवार ।