Bhukampa tarangaकाठमाडौ। नेपालमा महाभूकम्प गएको अव आउने बैशाख १२ गतेवाट एक बर्ष पुग्न लागेको छ। बैशाख १२ गतेयता साना तथा ठूला महाभूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन्। हालसम्म ४ सय ४६ भन्दा बढी पराकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अझैपनि नेपालमा पराकम्प आउने क्रम जारी नै रहेको छ।

महाभूकम्प गएको बर्ष दिन पुग्नैलाग्दा विभिन्न हल्ला तथा अफवाह फैलिन थालेकोले त्यसवाट सचेत रहन पनि केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ। विभिन्न सामाजिक सन्जालहरुमा जनमानसलाई भ्रममा पार्न सक्ने हल्ला तथा अफवाह व्यापक रुपमा आइरहेकोले त्यसलाई हल्ला तथा अफवाहको रुपमा लिन आग्रह गरेको छ। त्यसमा कुनै सत्यता नभएको र दैनिकजसो सानातिना पराकम्प ४० वटासम्म आइरहेकोले यसवाट आत्तिहाल्नु आवश्यक नभएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले भनेका छन्।

फेरि ठूलो भूकम्प आउने होहल्ला फैलाएर लुटपाट गर्ने गिरोह सक्रिय हुनसक्ने संभावनालाई आँकन गर्दै प्रमुख अधिकारील्े भूकम्पको बारेमा कसैले पनि भविष्यवाणी गर्न नसक्ने जिकिर गरेका छन्। भूकम्पको पराकम्पन जाने क्रम काठमाडौ र मकवानपुरमा बाँकी भएको र त्यसवाट आत्तिनुभन्दा सचेत हुन मात्र आवश्यक रहेको उनले भनेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २९ गते सोमवार ।