Mahesh Raj Dhakal Food Fest 3काठमाडौ। नेपालमा मिनी नेपाल फुड फेस्टिबल भएको छ। स्नेहा ट्राभल्स र मिडिया नेपालको आयोजना तथा पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित मिनी नेपाल फुड फेस्टिबलमा यससंग आवद्ध विभिन्न हस्पिटालिटी क्षेत्रमा विशेष योगदानको कदर स्वरुप सम्मान गरिएको छ।

वल्र्डवाइड हस्पिटालिटी अवार्ड इन बेस्ट प्रोफेसनल सक्सेस क्याटागोरी–२०१६ वाट नेपालको सवैभन्दा कान्छो चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकाल सम्मानित बनेको छ।

२८ बर्षको उमेरमा चिफ एक्ज्युकेटिभ सेफ बन्न सफल ढकाललाई नेपाली फुडको डेभलप र प्रमोसनमा गर्दैआएको योगदानको कदर स्वरुप उक्त क्याटागोरीवाट सम्मानित गरिएको आयोजकले भनेको छ। पूर्वमन्त्री डा.मिलेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा अष्ट्रेलियन राजदूतको सहभागिता रहेको थियो।

Mahesh Raj Dhakal Food Fest 1

सम्मानित ढकालले उक्त सम्मानवाट आफू अझ हौसिएको र आफ्नो काममा थप प्रेरणा मिलेको बताएका छन्। सम्मानित ढकाल नेपालको फाइभ स्टार होटल सांग्रिलामा चिफ एक्ज्युकेटिभ सेफको रुपमा कार्यरत रहेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २६ गते शुक्रवार ।