–नारायण लिंखा देवान

ललितपुर। महालक्ष्मी महिला समूहको पांचौ साधारण सभा संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्र्रमुख आतिथ्यतामा साधारण सभा संपन्न भएको हो।

संस्थाकी अध्यक्ष मञ्जु रिजालको सभापतित्वमा भएको पाँचौ साधारण सभामा महालक्ष्मी महिला समूहले समाजमा गरेको योगदानको प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले दिल खोलेर तारिफ गरेका थिए।

कार्यक्रममा वडा सदस्यहरु शोभादेवी प्रधान श्रेष्ठ तथा अशोक श्रेष्ठको समेत आतिथ्यता रहेको थियो।

पाँचौ साधारण सभाले नयाँ कार्य समिति पनि चयन गरेको छ। जसअनुसार, मञ्जु रिजाल अध्यक्षमा फेरि चयन भएकी छन्।

उपाध्यक्षमा जानकी रिजाल, सचिव तारा रिजाल, कोषाध्यक्ष संगीता रिजाल तथा सदस्यहरुमा गायत्री रिजाल, मनु रिजाल, रश्मी रिजाल, प्रमिला रिजाल, निला रिजाल, आस्था रिजाल, मिलन रिजाल, रमा रिजाल, अनिता रिजाल, रमा रिजाल, नानु रिजाल, कविता रिजाल, मनोरमा रिजाल, शर्मिला रिजाल, धन रिजाल, जमुना रिजाल, सञ्जु रिजाल, संगीता (ख), रमा (ख), ललिता माझी, सुस्मिता देउला तामाङ, नानीमैया कपाली, मिनु, रेणु, शर्मिला (क) रहेका छन्।


प्रकाशन मिति–२०७७ साल असार ६ गते शनिवार ।