काठमाडौ। महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथि रोक लगाईएको सुनिएको छ । महिलाहरुले पेन्टी लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ। तर विश्वमा यस्ता देशहरुपनि छन्। जहाँ महिलाहरुलाई अन्डरवियर लगाउन कानूनत बन्देज गरिएको छ।

anautho-prasang-under-wearसोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन् । जहाँका महिलाहरुलाई अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ । जसको विरोधमा हालसम्म त्यहाँका महिलाहरुले धेरै आन्दोलन गरिसकेका छन् । तर,त्यहाँका सरकारले उनीहरुको मागको सुनुवाई गरेकोे छैन्।

ती देशका कानूनमा त्यहाँ लेसवाला अन्तवस्त्रको उत्पादन, आयात एवम् बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । त्यहाँको कानूनको बिरोधमा त्यहाँका महिलाहरुले हालै पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन समेत गरिसकेका छन्।

प्रदर्शनका बेलामा प्रहरीले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत गरे। त्यहाँको महिलाहरुले जस्तोसुकै आन्दोलन गरेतापनि ती देशका सरकार उक्त कानून फुकुवा गर्ने पक्षमा देखिएका छैनन्। त्यसो किन र के–कारणले त्यसो गरेका हुन भन्ने बारेमा ती देशहरुले भनेका छैनन्।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।