काठमाडौं। व्युटी सैलुन भनेपछि केवल महिलाका लागि मात्र भन्ने कुरा हुन्छ। त्यो कुरा हिजोका भए भने, आज व्युटी सैलुन भनेपछि महिला तथा पुरुष दुवैका हुन थालेको छ। अझ महिला तथा पुरुष दुवैलाई सेवा दिने युनिसेक्स व्युटी सैलुनहरु पनि देखिन थालेको छ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १ नक्साल नागपोखरी स्थित एटिक व्युटी सैलुन पनि खोलिएको छ। महिला तथा पुरुष दुवै वर्गलाई सेवा दिने लक्ष्य तथा उदेश्यसहित युनिसेक्स सैलुनका रुपमा एटिक व्युटी सैलुनको शनिवारवाट शुभारम्भ भएको छ।

नेपाली चलचित्र उद्योगकी अप्सरा नायिका उपनामवाट सुपरिचित अभिनेत्री संचिता लुइँटेल, फेसन कोरियोग्राफर एवम् संचारकर्मी जयन सुव्वा मानन्धर र इन्टरनेशनल मोडल दीपक घिमिरेले एकसाथ केक र रिबन काटेर एटिक व्युटी सैलुनको उदघाटन गरेका छन्।

मेकअप आर्टिस्टव्दय माया बुढाथोकी र सुभद्रा गौतमव्दारा संचालिन एटिक ब्युटी सेलुनमा कुनै एउटै उमेर बर्गमा मात्रमा सिमित नभई हरेक उमेरका महिला एव पुरुषहरुलाई लक्षित गरी खोलिएको जनाइएको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख १४ गते मंगलवार ।