काठमाडौ। पुरुषको ओंठलाई भन्दा महिलाको ओंठलाई महिला सौन्दर्यको प्रतीक मान्ने गरिन्छ। गुलाबी ओंठ त महिलाहरुका लागि झनै आकर्षक मानिन्छ।

जस कारण पनि अधिकांश महिलाहरु आफ्नो ओंठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन्। तर ओंठ खाली सौन्दर्यको खास पहिचान मात्र रहेन। ओंठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ।

शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुनै हिसाबले अन्तरसंवन्धित नै रहेका हुन्छन्। जस्तो की नाइटो र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओंठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ।

स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ।

महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन्। त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल असोज ३० गते मंगलवार ।