काठमाडौं। नेपालसरकारले विपन्न नेपाली नागरिकको औषधि उपचारका लागि छुट्टै आर्थिक सहायता कोष स्थापना गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी सो कोषको स्थापना भएको हो।

विपन्न नेपाली नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७२ को प्रथम संसोधन गर्दै सरकारले यस्तो सहायता कोषमार्फत औषधि उपचार बापत आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

विपन्न नागरिक कोषबाट यस्ता सेवा उपलब्ध विपन्न नागरिकलाई मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया रोग लागि नेपाल वा विदेशमा गई उपचार गराउँदा बढीमा एक लाख रुपैयाँसम्म औषधि उपचार खर्च प्रदान गरिन्छ।

निम्न रोगको लागि औषधि उपचार खर्च प्राप्त गर्न सकिन्छ–

१.स्वदेशमा मिर्गौला प्रत्यारोपण गर्ने भएमा अस्पतालमार्फत २ लाख छुट दिने व्यवस्था छ ।

२. हेमोडायलाइसिस २०८ सेसन निःशुल्क हुनेछ । पेरिटोनियल डायलाइसिस २ वर्षसम्म निःशुल्क गर्नेछ ।

३. मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई मिर्गौला प्रत्यारोपण गरेमा दुई लाख र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि एक लाख सम्बन्धित बिरामीबाट विल भरपाई लिई नगद उपलब्ध गराउने ।

४.त्यस्तै मुटु, क्यान्सर, हेड इन्जुरी, सिललसेल एनिमिया रोगका लागि स्वदेशमा उपचार भएमा अस्पतालमार्फत एक लाख बराबरको औषधि उपचार सेवा निःशुक हुने र विदेशमा उपचार गर्नुपरे एक लाख उपचार पश्चात सम्बन्धित बिरामीलाई बिल भरपाई लिई नगद भुक्तानी दिनेछ तर विदेशमा गई उपचार गर्नु परेमा मेडिकल बोर्डका सिफारिस अनिवार्य हुनुपर्ने छ।

५. अल्जाइमर्सर पार्किन्ससको बिरामीहरुको उपचारका लागी बिल भरपाई लिई एक लाखसम्म नगद  दिने व्यवस्था छ ।

सहायताका सर्तहरू यस्ता छन्–

१. नेपालमा उपचार सेवा सम्भव भएको अवस्थामा नेपालमै उपचार गराउनु पर्ने र यसो गर्न सम्भव भएसम्म सरकारी अस्पतालमा उपचार गनुपर्ने छ । सो सम्भव नभएमा मात्रै सरकारी अस्पतालले पेश गरेको तथा मेडिकल बोर्डको सिफारिसमा निजी अस्पतालमा उपचार गर्न सकिनेछ ।

२. विदेशमा गई उपचार गराउनु पर्ने अवस्थामा भए स्वदेशमा उपचार गर्ने सरहको आवश्यक कागजातका साथै नेपाल मेडिकल बोर्डको सिफारिस अनिवार्य हुनुपर्ने छ ।

३. विदेशबाट उपचार गराएमा अस्पतालहरूको बिल अनुसार मिर्गौला प्रत्यारोपण भएमा दुई /दुई लाख र तोकिएका अन्य रोगको उपचारको हकमा एक लाखमा नबढ्ने गरी समितिको निर्णय वमोजिम सोधभर्ना दिन सक्नेछ।

कसरी लिने सहुलियत रकम-

१. स्थानीय निकाय, नगरपालिका, वडा वा गाविसबाट आर्थिक अवस्था कमजोर भएको विपन्नताको सिफारिस ।

२.चिकित्सकको प्रिस्क्रिप्सन ।

३. नागरिकताको प्रतिलिपी वा नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपी माथिका कागजातहरूसहित निवेदन लेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा पेश गर्ने र त्यहाँबाट जिल्लास्तरीय सिफारिस समितिको निर्णयको प्रतिलिपीसहित सूचिकृत अस्पतालमा उपचार सहुलियतका लागि सिफारिस लिने र सो सिफारिस लगेर आफूले उपचार गर्ने अस्पतालमा सहुलियतका लागि सम्पर्क गर्ने।

कोषबाट सहायता उपलब्ध हुने रोगहरु मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया जस्ता रोगका लागी नेपाल वा विदेशमा उपचार गराउँदा सहयोग पाइनेछ।

प्रकाशन मिति–२०७५ साल असोज ७ गते आइतवार ।