Siddhi Ratna Shakya's treatment 4 (2)काठमाडौ । विज्ञानको अनेकन चमत्कार तथा मेडिकल साइन्सको तिव्र विकास भैरहेको अवस्थामा पनि त्यसलाई पनि माथ खुवाउने हिसावले अलौकिक परम्परागत उपचार विधिले थप चमत्कार गरिहेको अवस्था रहेको छ। धर्ती, आकाश, हावा, पानी लगायतका पाँच तत्व अर्थात पञ्चतत्वले बनेको मानव शरीरको उपचारको लागि पञ्चतत्वकै आवश्यक पर्ने गर्दछ।

Siddhi Ratna Shakya's treatment 4सोही तत्वको आधारमा बैदिक रुपमा गरिने उपचार विधिलाई पञ्चतत्व विधि भन्ने गरिन्छ। त्यसमा पानीको महत्व र आवश्यकता अत्यन्त हुने गर्दछ। पानीवाट नै पञ्चतत्व विधिको उपचार गर्ने कार्यमा उल्लेखनिय कार्य गदैआएका प्राकृतिक उपचारक सिद्धिरत्न शाक्यले यस विधिवाट अस्पतालको आइसीयुमा राखिएका अन्तिम अवस्थामा पुगेका विरामीहरुको पनि उपचार गरेर निको पारिदिएका छन्।

Siddhi Ratna Shakya's treatment 4 (1)प्राकृतिक उपचारक सिद्धिरत्नले हरेक हप्ताको मंगलवार काठमाडौको क्षेत्रपाटी धोविचौर स्थित सहयोगी क्लव भवनमा गरिने निःशुल्क प्राकृतिक उपचार गर्न आउने दिनानुदिनको भीडले यस उपचार विधिमा विरामीहरुको विश्वास बृद्धि हुंदैगएको छ। एक पैसा नलिइकन उपचार गरिने यस विधिलाई प्राकृतिक उपचारक सिद्धिरत्न शाक्यले विगत डेढ दशकदेखि आत्मसाथ गर्दै विरामीहरुको सेवामा प्रयोग गर्दैआएका छन्। जुन प्रयोग अत्यन्त सफल बन्दैगएको छ।

Siddhi Ratna's Tantrik Treatment 2उपचारको नाममा एक पैसा पनि नलिइकन सर्वहित मानव सेवाको रुपमा लाग्दै आएका उपचारक सुनचाँदी व्यवसायलाई चटकै छाडे्र यस उपचार सेवामा तल्लिन बनेर लाग्दैआएका छन्। पञ्चतत्वबाट अन्तर आत्माको विकास र गुणस्तरीय जीवनको लागि सु–स्वस्थ्य आत्मविश्वास, व्यक्तित्व विकास, मनको शान्ति सुमधुर सम्वन्धको विकास, मन र चित्तको शुद्धता, त्याग नै यस उपचारको सुत्र रहेको दावी उपचारक शाक्यको रहेको छ। शाक्यको प्राकृतिक उपचार गर्न आउनेहरुलाई धार्मिक विधिअनुसार मन्त्राचरण गरिएको पानी खुवाएर उपचार गर्ने गरिन्छ।

Siddhi Ratna's Tantrik Treatment 3त्यसको अलावा विभिन्न प्राकृतिक तत्वहरुको समिश्रण गरेर रोगअनुसार उपचार गर्ने विधि अपनाउंदै आएका शाक्यको उपचारमा तन्त्रको ज्ञानलाई महत्व दिइएको छ। तन्त्र ज्ञानव्दारा नै उपचार गर्ने कार्य भएवाट यसमा कुनै साइड इफेक्ट हुंदैन। मानसिक संयन्त्रलाई नियन्त्रित गरेर उपचार हुने भएकोले विरामीहरुले पनि सहजता पाउने गरेका छन्।

कठिन भन्दा कठिन ढांड दुख्ने रोग देखि महिलाहरुको महिनावारी गढवढी हुने, पाठेघरको समस्या लगायतका विरामीहरुको यसविधिवाट उपचार गरेर विरामीहरुलाई निको पार्ने कार्य गरेर आएका उपचारक शाक्य उपचारमा पैसा लिनु हुंदैन भन्ने धारणा राख्छन्।

पैसा लिएर उपचार गर्नेहरुलाई डाँकाको उपमा दिन पछि नपर्ने उनी यस उपचारका विधिलाई बज्रज्ञान उपचार पनि भन्न रुचाउंछन्। तपाईहरु पनि यो निःशुल्क उपचार लिन चाहनु हुन्छ भने, यो मोवाइल नंबरमा संपर्क गरेर प्राकृतिक उपचारक सिद्धिरत्न शाक्यलाई भेट्न सक्नु हुन्छ–9849801954

Siddhi Ratna's Tantrik Treatment 1

Photo By- Nati Kaji Maharjan.

प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।