काठमाडौ। बुद्धपार्क निर्माण समितिको आयोजनामा बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम हुने भएको छ। सयौं नेपाली कलाकारहरुको संलग्नतामा सांस्कृतिक तथा सम्मान कार्यक्रम हुन लागेको हो।

यही बैशाख १४ गते शनिवारका दिन काठमाडौंको चोभारको पिकनिक स्पटमा बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम हुन लागेको आयोजक समितिले जनाएको छ। नेपाली कला तथा संस्कृतिको उत्थानमा नेपाली कलाकारहरुले अतुलनिय योगदान दिएवापत ६० जना कलाकार तथा ३ जना पत्रकारलाई विशेष सम्मान प्रदान गरिने पनि भनिएको छ।

बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको प्रमुख आतिथ्यता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यवाट हुने पनि आयोजक समितिले भनेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १२ गते विहीवार ।