काठमाडौं। युवतीलाई भारतमा बलीका लागि बेच्न खोजेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले सात जनालाई पक्राउ गरी विहीवार सार्वजनिक गरेको छ। मोडल बताउने युवतीको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरु २४ बर्षिया दिलकुमारी बुढामगर, ३५ बर्षिय उमेशकुमार माझी, ५१ बर्षिय दिलिप पोद्दार, २६ वर्षिय कृष्ण तामाङ, ४० वर्षिय उमेश साह , ३७ वर्षिय रञ्जित चौधरी र २३ वर्षिया प्रेमा तामाङई सार्वजनिक गरेको हो।

प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु मध्ये पाँच जनालाई विराटनगर र दुई जना काठमाडौंबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट १ लाख ९ हजार रुपैयाँ नगद, मोबाइल, विभिन्न बैकका ९ लाख रुपैयाँ बराबरका चेक र एटीएम कार्ड र तान्त्रिक पूजाका सामग्रीहरु पनि बरामद गरिएको जनाइएको छ।

मोडलिङ सम्बन्धी कार्यक्रमका लागि लैजाने भने पनि असम्बन्धित शंकास्पद प्रश्नहरु गरेको भन्दै पीडित भनिएकी युवतीले दिएको उजुरीको आधारमा यस घटनाको पर्दाफास भएको हो।
प्रकाशन मिति–२०७६ साल पुस १० गते विहीवार ।