काठमाडौं। फोटोग्राफी पनि डिजिटल युगमा छपक्कै प्रवेश भएयता पहिलाजस्तो फोटो स्टुडियोमा गएर फोटो खिचाउनेको कमी प्राय फोटो स्टुडियोका फोटोग्राफरहरुले गर्ने गरेका छन्।

मोवाइलवाटै फोटो खिचेर फोटो प्रिन्ट गर्न आउनेहरुको जमात बृद्धि भैरहेतापनि प्रोफेसनल फोटोग्राफरवाट फोटो खिचाएर फोटोलाई सुन्दर ढंगवाट घरमा सजाउनेहरुको कमी नभएको काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको हिमचुली फोटो स्टुडियोका प्रोप्राइटर तथा फोटोग्राफर रामहरि न्यौपानेले भनेका छन्।

मोवाइल युगको डिजिटल फोटोग्राफीको भीडमा पनि प्रोफेसनल फोटोग्राफीको बेग्लै महत्व रहेको फोटोग्राफर न्यौपानेको भनाइ छ। विश्वविख्यात नेपाली फोटोग्राफर च्याङ्बा लामासंग फोटोग्राफी सिकेर च्याङ्बा लामा जस्तै फोटोग्राफीमा अग्रसर फोटोग्राफर न्यौपाने फोटोग्राफीवाट परिवार चलेको बताउंछन्।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनले तीन महिना व्यापक असर परेतापनि लकडाउन खुकुलो भएयता पुरानै लयमा आफूहरु फर्कने प्रयासमा रहेको फोटोग्राफर न्यौपानेले भनेका छन्।
(सुनकुमार अवालको रिपोर्टमा आधारित)

प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।