काठमाडौं। धर्म, जाति र राजनीतिवाट मुक्त बनेर विश्वव्यापी फैलिदै रहेको विश्वभरका नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबलको युरोप च्याप्टर गठन भएको छ। युरोपको दुई मुलुक बेल्जियम र जर्मनीमा युरोप च्याप्टर गठन भएको हो।

दुवै देशमा हामी नेपाली ग्लोबलका सर्वमान्य केन्द्रिय अध्यक्ष अमृत लामा र कोषाध्यक्ष रविराज बज्राचार्य आज बुधवार अमेरिका फर्केका छन्। युरोपवाट अमेरिका फर्कने क्रममा भिजन संसार डटकमसंगको संक्षिप्त कुराकानीमा हामी नेपाली ग्लोबलका सर्वमान्य केन्द्रिय अध्यक्ष अमृत लामाले युरोप भ्रमण अत्यन्त सफल र सकारात्मक रहेको तथा युरोपमा रहेका नेपालीहरुको बलियो आधार बन्न हामी नेपाली ग्लोबल भएको बताएका छन्।

हामी नेपाली ग्लोबलको अव छिट्टै मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन , स्विडेन , माल्टा , साइप्रस, माल्दिभ्स, बाङ्लादेश, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी,पोल्यान्ड , अष्ट्रेलिया, हङकङ,थाइल्याण्ड,डेनमार्कलगायत विश्वभर च्याप्टर गठन हुने भएको छ। हालसम्म हामी नेपाली ग्लोबलको विश्वभरका ४० राष्ट्रमा सञ्जाल रहेको छ।


प्रकाशन मिति–२०७६ साल असार ४ गते बुधवार ।