काठमाडौं। नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ। शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो।

समितिका अध्यक्ष डा रामचन्द्र गौतमका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ। असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको पनि गौतमको भनाई रहेको छ।

यस्तै, असोज १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ। असोज १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ। असोज २० गते महानवमी र असोज २१ गते विजया दशमी रहेको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २२ गते आइतवार ।