काठमाडौं। धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने गरेको छ। अमेरिकामा गरिएको एक अध्ययन तथा अनुसन्धानवाट उक्त तथ्य पत्ता लागेको हो।

अनुसन्धानकर्ताले हप्तामा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिने गरेको पत्ता लगाएका हुन्। यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी रोकिदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा करिब तीन हजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको अन्तरराष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ।

(हेल्थपाटीको समाचार सहयोगमा)
प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।