काठमाडौं। कोरोनाको कहरको वर्तमान विषम परिस्थितिमा आफ्नो ज्यानको समेत परवाह नगरिकन चारपाङ्ग्रे स्कुटरवाट राहत वितरण गर्ने कार्यमा सहयोग गर्दैआएका आपतका देवता नै मानिएका अपाङ्गकर्मी काजीलाल श्रेष्ठ आफै आपतमा परेका छन्।

एकहप्ताअघि ललितपुरको महालक्ष्मीस्थानमा राहत वितरण गरेर बालाजुको मनमैंजुमा राहत वितरण गरेर फर्कने क्रममा चारपाङ्ग्रे स्कुटरको सहायक दुई पाङ्ग्रामा खराबी आएपछि काजीलाल आपतमा परेका हुन। काजीलालको स्कुटरको १७ नंबर नटबोल्ट भाँचिदा बडा मुश्किलले गोगंबुस्थित निवासस्थानमा फर्कनु परेको दुःखेसो रहेको छ।

अनेक प्रयास गर्दा पनि आफूले चारपाङ्ग्रे स्कुटर बनाउन नसकेको र त्यसको लागि लकडाउनका कारण कहीकतै मिस्त्री पनि नपाएकोले समस्या आएको काजीलालले भिजन संसार डटकमलाई पीडा पोखेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको अलावा गर्भवती, सुत्केरी महिला अनि एकल महिलाहरुले आफूलाई भोकभोकै परिसकेको फोन गरिरहेको र उनीहरुका लागि राहत दिन जान नसकेको दुःखेसो पोखेका छन्।

 

आफूपनि अपाङ्ग भएको कारण विना चारपाङ्गे्र स्कुटर जान नसक्ने भएकोले स्कुटर मात्र बनाइदिने कोही भएमा सहयोग गरिदिन काजीलालले अनुरोध गरेका छन्। चारपाङ्गे्र स्कुटर मात्र बनेमा भोकभोकै परेका आफ्नो लिष्टमा रहेका ५ सयजनालाई सहयोग गर्न सकिने भनेका छन्। काजीलाल श्रेष्ठलाई निम्न फोन नंबरमा संपर्क गरेर उनको चारपाङ्गे्र स्कुटर बनाउन सहयोग गर्न सक्नु हुन्छ–9851236801 / 9841360801
प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।