काठमाडौं। लकडाउनको ७५ औ दिन शनिवार न्हु बहाः पुचः (थाय मदु) काठमाडौंले रक्तदान कार्यक्रमको विशेष आयोजना गरेको छ। ब्लोदान र दौँतरी जस्तो सहयोगी संस्था र स्थानियको सहयोगमा रक्तदान कार्य सम्पन्न भएको हो।

कार्यक्रममा काठमाडौंका जनप्रिय नेता तथा शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता तथा आकर्षण रहेको थियो। विशेष रक्तदान कार्यक्रममा रक्तदान गर्ने ४८ जना रक्तदाता तथा आयोजक सहयोगी र समर्थक ब्यक्तिहरुलाई मायाको चिनो, प्रमाणपत्र तथा सम्मान–पत्र राज्यमन्त्री मानन्धरले प्रदान गरेका थिए।

पूर्व सैनिक अधिकृत तथा सामाजिक अभियन्ता खगेश रन्जितकारले कार्यक्रमको आवश्यकता र महत्वका वारेमा प्रकाश पारेका थिए।

त्यस्तै, सवै मनकारी ब्यक्तित्वहरुलाई यस्तो संकटको घडीमा पनि रक्तदान गरेर जीवनदान दिने मानवताको परिचय दिएकोमा धन्यवाद हरेक दुखः–सुखमा सवै नेपाली एकजुट हुनुपर्छ भन्ने धारणा व्यक्त गर्ने कार्य रञ्जितकारवाट भएको थियो।

प्रकाशन मिति–२०७७ साल जेठ २४ गते शनिवार ।