काठमाडौं। कोरोना कहरका कारा नेपालमा लकडाउन भएको पनि ७५ दिनभन्दा बढी पुगिसकेको छ। यस अवधिमा शैक्षिक क्षेत्र त अझ अस्त–व्यस्त नै भैसकेको छ। चैत ९ गतेवाट शुरु हुनेभनिएको एसइई परीक्षा अर्थात तत्कालिन एसएलसी परीक्षा लकडाउनकै कारण स्थगित भएको हालसम्म कहिले हुने टुंगो लागेको छैन्।

एसइई परीक्षाका परीक्षार्थीहरु यो लकडाउन अवधिभर कोरोनाको कारण भन्दा परीक्षाको पिरलोले बढी तनावमा रहेका छन्। सरकारले स्पष्ट नीति तय गर्न नसक्दा एसइई परीक्षाका परीक्षार्थीहरु अलमल तथा तनावमा परेका हुन। उनीहरुको भविष्यका वारेमा सरकारले सही निर्णय दिन सकिरहेका छैनन्।

काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडिका स्थानीय प्रज्ञा स्कुल नरेफाँटका विद्यार्थी समिर अवाल पनि कोरोनाका कारण एसइई परीक्षा नहुंदा आफूहरु तनावमा परेको वताउंछन्।

एसइई परीक्षा कहिले हुने हो या नहुने कुनै टुंगो नलागेपनि परीक्षाको तयारीमा आफू रहेको भन्छन्। स्कुलका शिक्षकहरुसंग जुमको भर्चुअल कक्षाको माध्यमवाट संपर्कमा रहेको वताउने समिर अवाल चाँडै लकडाउन खुलाएर जनजीवनलाई सामान्य वनाउनुपर्ने सरकारसंग माग गर्छन्।

जनजीवन सामान्य भएको लगतै आफूहरुको रोकिएको एसइई परीक्षा संचालन गर्न पनि समिर लगायत एसइई परीक्षाका लाखौं विद्यार्थीहरुको एकै स्वर रहेको छ। उनीहरुको चाँडो भन्दा चाँडो सरकारसंग लकडाउन खोल्न अनुरोध रहेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ २४ गते शनिवार ।