काठमाडौं। रंगीन दुनियाँकी नायिका तथा निर्माता जेनी कुँवरको रुप परिवर्तन भएको छ। गोरखनाथ बाबाको साधक तथा तपस्वीका रुपमा देखिएकी छन्। यसो भन्दैमा जेनीले फिल्मलाइन छाडेर ध्यान तथा तपस्यामा लागेकी हुन।

मन्दिर जान तथा ध्यान गर्नका लागि बूढेशकालमा नगरिकन उमेरमा नै गर्नुपर्दछ भन्ने अवधारणा अनुरुप समयमा नै ध्यान तथा तपस्यामा लागेको जेनीको जिकिर रहेको छ।

आत्मिक आनन्द अध्यात्मवादमा भएको कारण निक्कै नै सोधखोज गरेर राम जन्मभूमि भारतको अयोध्यादेखि अनेक स्थानमा पुगेर ध्यान–योग गरेर भगवान प्राप्त गर्न आफूले सफलता प्राप्त गरेको जेनीले भनेकी छन्। यसको मतलव तुरुन्ता–तुरुन्तै आफूमा चमत्कार नभइकन यसका लागि धेरै समय आफूले लगाएको स्वीकार गरेकी छन्।

ध्यान, योग तथा तपस्यालाई जीवनलाई शुद्धिकरण गर्न धेरै सहजता हुने गरेको तर्क गर्ने जेनी रवि शंकरका अनुयायी पनि हुन। रविशंकरको आर्ट लिभिङको टिचरका रुपमा नेपाल र भारतका विभिन्न स्थानहरुमा टिचिङ गर्ने कार्य गर्दैआएकी छन्।

गोरखनाथका अत्यन्त भक्तिनी जेनी वर्तमान कोरोनाको कहरका संवन्धमा फरक शैलीवाट फरक ढंगवाट शालिन शैलीवाट तार्किकताका साथ विचार प्रवाह गर्न सफल भएकी छन्। कोरोना मानिसकै उपज भएको र मानिसकै अनेकन उपद्रोको परिणाम कोरोना संक्रमणको रुपमा देखा परेको भनेकी छन्। कोरोनावाट बच्न र बचाउन मानिस आफै संयमित बन्नुपर्ने राय व्यक्त गर्छिन्।

चलचित्र घायल तथा हलचल निर्माण गरिसकेकी जेनीले दर्जनौ साना तथा ठूला चलचित्रमा अभिनय गरिसकेकी छन्। जेनीको कलाकारिता रंगमञ्चवाट भएको हो। आफूलाई सूर्यबंशी भएको दावी गर्ने जेनी जति तपस्या गर्न केदारनाथ, बद्रीनाथ, कामाख्या, पाथिभरा लगायतका विश्वप्र्रसिद्ध मन्दिरहरुमा पुगेको वताउने जेनीको वास्तविक नाम जानकी हो।

जानकी कुँवरलाई जेनी वनाउने कार्य सन्तोष पन्तवाट भएको हो। सन्तोष पन्तको हिजो आजका कुरा खेल्दा जानकी नामलाई सन्तोष पन्तले नै जेनी नाम दिइएको हो। जेनी पछि गोरखनाथवावाको तपस्वी वनेपछि विजुली नाम पाएकी छन्।
त्यस्तै अयोध्यामा सिया नाम पाएकी जेनी आफूलाई भगवानसंग तुलना गर्दिनन्। केवल आफू सेवक मात्र भएको बताउंछिन्।

धनी–गरीब अनि जातभातको विभेद गरिनु हुन्न भन्छिन्। आफू कुनै रुपमा नभइकन मानवको चोलामा रहेको वताउने जेनी सवैको कल्याण हुनुपर्ने भन्दै कोरोना भनेकै मानिसमा भएको नेगेटिभ भाववाट आएको बताउंछिन्।

नेगेटिभ भावना हामी सवैवाट दूर गरेर कोरोनासंग जित्नुपर्ने धारणा राख्ने जेनी दिनदुःखी तथा गाईको सेवा गर्नमा निरन्तरता दिइरहेको भनेकी छन्। सुख–शान्तिका लागि पचास लाख बत्ती बालिसकेको वताउने जेनीले नेपाली फिल्मलाइनमा पनि निरन्तरता दिदैजाने भन्छिन्। निकट भविष्यमा इतिहास रच्ने चलचित्र वनाउने आफूले सोच राखेको पनि भनेकी छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल जेठ २४ गते शनिवार ।